हुम्ला । हुम्लाको दक्षिण भेगमा रहेको चंखेली गाउँपालिका–२ मा गठबन्धन दलले पुनः मतदानको माग गरेका छन् ।
वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारले धाँधली गरेर मतदातालाई मत हाल्नबाट वञ्चित गरेको बताउँदै गठबन्धन दलले निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनसँग पुनः मतदानको माग गरेका हुन् ।
संघीय सांसद छक्कबहादुर लामासहित हुम्ला जिल्लामा गठबन्धन आबद्ध दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले निर्वाचन अधिकृतको कार्यालय निवेदन पेस गर्दै पुनः निर्वाचन गर्न माग गरेका छन् ।
९०३ मतदाता रहेको महादेव मावि मतदान केन्द्रमा धाँधलीका कारण ३९० मतमात्र खसेले मतदाता मतदान गर्ने अधिकारबाट वञ्चित भएको सांसद लामाले बताए ।
शुक्रबार बेलुका गठबन्धन दलका अध्यक्षपदका साझा उम्मेदवार गोविन्द शाहीले धेरै मतदाता मतदान गर्नबाट वञ्चित भएकोले मतदान केन्द्रको मतदानकार्य रद्द गर्न निर्वाचन अधिकृतको कार्यालयमा निवेदन पेस गरेका छन् । उनीहरूले अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार शाहीलाई कारबाही गर्न र छपन्न प्रतिशतभन्दा बढी मतदाताले मत खसाल्न नपाएकोले पुनः मतदान गर्न माग राखेको संघीय सांसद् लामाले बताए ।
निर्वाचनको दिन चंखेलीमा गठबन्धन दल र स्वतन्त्र उम्मेदवार प्यारी लाल शाही पक्षबीच झडप हुँदा मतदान सुरु भएको केही समयमा नै स्थगित भएको थियो । झडपमा मतदान अधिकृतसहित तीन जना घाइते भएका थिए । झडप नियन्त्रमा लिन प्रहरीले हवाई फायरसमेत गरेको थियो ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend