काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट पहिलोपटक विदेशीको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएकी ती महिला चिनियाँ रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।
पोखरा बस्दै आएकी ती महिलाको श्वासप्रश्वास समस्या आएको र उपचारका लागि हेलिकप्टरबाट धापासीस्थित ग्राण्डी अस्पताल ल्याइएको थियो । उनको कोरोना परीक्षण गर्दा पोजेटिभ आएको र ग्राण्डीले उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज रेफर गरेको बताइएको छ ।
उपचारकै क्रममा आज बिहान उनको मृत्यु भएको अस्पताल स्रोतले बताएको छ ।
नेपालमा यसअघि कोरोकाको कारणबाट ४० जनाको मृत्य भइसकेको छ । चिनियाँ नागरिकसँग नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।