Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्याङ्जाको गल्याङमा महिलाको दु:खद निधन, पहिरो झर्दा घरसँगै पुरिइन्


    बुधबार, साउन ७ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • स्याङ्जा । गए रातिदेखि परेको अविरल वर्षाका कारण पहिराले पुर्दा गल्याङ नगरपालिका– १० सिमलसौँराकी ५२ वर्षीया माया सारु (यामकुमारी) को मृत्यु भएको छ।

    बिहान साढे ३ बजे खसेको पहिरोमा परी घाइते भएकी उनकी छोरी २० वर्षीया नारायणीलाई भने स्थानीयवासीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

    राति खाना खाएर आमाछोरी सुतेकामा बिहान स्थानीयवासीले पहिरोले पुरेको देखेपछि एक जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।

    घरदेखि करिब २५ मिटर माथिबाट आएको पहिराले घर पुरेको हो। घाइते सारुको गह्रौ अस्पताल वालिङमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    पहिराले छिमेकी पदम सारु र जवन सारुका घरमा समेत क्षति पुगेको स्थानीयवासीले जनाएका छन्। रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार