Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नेवानिका पूर्व कर्मचारी आन्दोलित, करार नवीकरण गर्न माग


    बुधबार, साउन ७ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) का पूर्व कर्मचारी आन्दोलित भएका छन् । कोरोनाको प्रकोप बढेसँगै सरकारले गरेको लकडाउनको कारण निगम चरम घाटामा गएको थियो । नेवानिले १ सय ४५ जनाको अस्थायी कर्मचारीको करार नवीकरण नगर्ने निर्णय गरेको थियो। 

    ती कर्मचारीहरुले करार नवीकरणलगायतका माग राख्दै नेवानिको कार्यालय अगाडि धर्ना दिएका छन् । उनीहरुले आफ्नो रोजीरोटीको ग्यारेन्टीका साथै निगममा रहेको आन्तरिक भ्रष्टाचार अन्त्य हुनुपर्ने समेत माग राखेका छन् ।

    बुधबार नेवानिको मुल गेटमा धर्ना दिएकाहरुलाई प्रहरीले हटाएको छ । सो क्षेत्रबाट हट्न प्रहरीले गरेको आग्रह नमान्दा धरपकड समेत भएको र सात आन्दोलनकारी पक्राउ परेका छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार