काठमाडौं । लकडाउन सुरु भएसँगै बन्द रहेका त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पस खुलेका छन् । सरकारले मंगलबार रातिदेखि लकडाउन हटाउने निर्णय गरैसँगै क्याम्पसहरु खुलेको विश्वविद्यालयले जनाएको छ । तर, क्याम्पसमा पढाइ भने अहिले तत्कालै सुरु हुनेछैन ।
सरकारले नियमित पठनपाठन र पुस्तकालय खोल्न अझै रोक लगाएकाले अरु काम सञ्चालन गर्नेगरी क्याम्पस खुलेको विश्वविद्यालयले जनाएको छ ।
खुलेका क्याम्पसले विद्यार्थीका प्रमाणपत्र, सिफारिस, असाइनमेन्ट संकलन लगायतका काम पनि गर्ने साथै स्थगित परीक्षा सञ्चालनको समेत तयारी गर्ने भएको छ । चैतमा रोकिएको स्नातक र स्नातकोत्तर तहका परीक्षा तथा पठनपाठन सञ्चालन गर्नेबारे छलफल भैरहेको त्रिविले जनाएको छ ।
कोरोनाको संक्रमण जटिल नभएमा भदौ महिलनाको पहिलो हप्ताभित्र परीक्षा गर्ने विश्वविद्यालयको तयारी रहेको बताइएको छ ।