सप्तरी । सप्तरीकाे राजगढ गाउँपालिका वडा न ४ पिपरा अधारभुत विद्यालय मतदान केन्द्रमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको छ ।
झडपमा दुबै समूहका ७ जना घाइते भएका छन् ।
शान्तिपूर्ण तरिकाले मतदान भईरहेको बेला १०/१५ जना माेटरसाईकलमा लाठी लिएर आएका एमालेका कार्यकर्ताले बुथ बाहिर बसिरहेका कांग्रेस कार्यकर्तालाई कुटपिट गरेको काँग्रेस वडा नं ४ का उमेदवार हेमनरायण साहको आरोप छ ।
एमाले कार्यकर्ताकाे कुटाइबाट कांग्रेसका ५ जना कार्यकर्ता गम्भीर घाइते भएका छन्। कुटपिटबाट टेक नरायण भन्ने चन्द्रनरायण साह,गणेशी साह,प्रशुराम साह,संजय साह,सुरुज नरायण साह घाइते भएका हुन्। घाइतेमध्ये अधिकांशकाे टाउकाे फुटेको छ ।
कुटपिटमा एमालेका दुई कार्यकर्ता पनि घाइते भएका छन् । घाइते हुनेहरूमा जयप्रकाश मण्डल र इन्द्रजित मण्डल रहेका छन् । घाइते सबैको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend