Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • स्थानीयले मतपेटिका बोकेर भागेपछि..


    शुक्रबार, बैशाख ३० २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रौतहट । रौतहटको यमुनामाई गाउँपालिका-१ स्थित मतदान केन्द्रबाट मतपेटिका लुटिएको छ ।

    यमुनामाई गाउँपालिकाको वडा नम्बर १ को चिकना जेठरहिया ‘क’ मतदान स्थल र वडा नम्बर २ को एक मतदान स्थलबाट मतपेटिका लुटिएको हो ।

    यमुनामाईमा जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पटक-पटक झडप भएपछि मतपेटिका लुटिएको हो ।

    मतदान स्थलमा आक्रोसित भीडले मतदान केन्द्र कब्जामा लिएर मतदान भएको र बाँकी रहेको मतपत्र च्यात्नुका साथै मतपेटिका तोडफोड गरेका हुन् ।

    प्रहरीका अनुसार त्यसक्रममा केहीले मतपेटिका लिएर भागेकाहरूले मतपेटि भित्र पानी हालेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार