Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले उम्मेदवारको घरमा विस्फोट, श्रीमती घाइते


    शुक्रबार, बैशाख ३० २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • भैरहवा । रुपन्देहीको मर्चवारी-५ बनियाडिह उम्मेदवारको घरमा विस्फोट हुँदा श्रीमती घाइते भएकी छन् । नेकपा एमालेबाट वडाध्यक्ष पदका उम्मेदवार रहेका सोमनाथ पाण्डेको घरमा विस्फोट भएको हो । 

    मतदान भइरहेको समयमा करिब साढे ४ बजेको समयमा घरभित्र विस्फोटक भएको छ । घरभित्र विस्फोट भएको ग्यास सिलिण्डर हो या अन्य केही भन्ने बारे अझैँ खुल्न नसकेको प्रहरीले जनाएको छ ।

    प्रहरी टोली घटनास्थल पुगेको छ । विस्फोटमा परी उनकी श्रीमती ४५ वर्षीया जयमाला पाण्डे घाइते भएकी छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ । उनको हात, पाखुरालगायत भागमा जलेको छ ।

    विस्फोटले घरमा समेत क्षति पुगेको छ । भान्छा घरमा विस्फोट भएको र यसको असर अन्य कोठामा समेत परेको छ । 

    WhatsApp-Image-2022-05-13-at-6.04.31-PM.jpeg.jpegWhatsApp-Image-2022-05-13-at-6.04.30-PM.jpegWhatsApp-Image-2022-05-13-at-6.04.26-PM.jpegWhatsApp-Image-2022-05-13-at-6.04.22-PM.jpeg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार