Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्याङ्जा जिप दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त


    शुक्रबार, बैशाख ३० २०७९
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसले स्याङ्जामा शुक्रबार १४ जनाको ज्यान जानेगरी भएको जिप दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । 

    वालिङ नगरपालिका–१६ का मतदाता बोकेको ग२च ३०२६ नम्बरको जिप शुक्रबार दुर्घटनामा परेको थियो । दुर्घटनामा १४ जनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएका थिए ।

    उक्त दुर्घटनामा परी निधन भएकाप्रति कांग्रेसले दुःख व्यक्त गरेको पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव डा. प्रदिप पराजुलीले जानकारी दिए । कांग्रेसका सभापति एवं सम्माननी प्रधानमन्त्री शेरबहादुर देउवाले मृतकनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । 

    ‘सभापति देउवाले उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नु भएको छ । साथै दुर्घटनापरी घाइते हुनु भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ,’ पराजुलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार