रसुवा । रसुवाका मतदानस्थल तथा मतदान केन्द्रको जिल्लाका उच्चस्तरीय टोलीले स्थलगत अवलोकन गरेकाे छ । आज भइरहेको स्थानीय तहको निर्वाचनमा जिल्लामा तोकिएका मतदानस्थल तथा मतदान केन्द्रको जिल्लाका उच्चस्तरीय टोलीले स्थलगत अवलोकन गरेकाे हाे ।
मतदानस्थल तथा मतदान केन्द्रको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपाल, प्रमुख जिल्ला अधिकारी नवराज जैसी, निरीक्षणमा खटिएका रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद मैनाली, सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापा लगायतको टोलीले स्थलगत निरीक्षण गरेका छन् ।
बिहानैदेखि जिल्लाका मतदान केन्द्रमा भइरहेको मतदानको अवस्थाबारे जिल्लाका उच्चस्तरीय टोलीले अनुगमन गरिरहेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापा केसीले जानकारी दिइन् । मतदानस्थल तथा मतदान केन्द्र, मतदाताका गुनासाबारे निरीक्षण गरिरहेको उनले बताइन् ।
संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनेपश्चात दोस्रोपटक भएको स्थानीय तहको निर्वाचनमा आज (शुक्रबार) जिल्लामा उत्साह रूपमा मतदान भइरहेकाे उनले बताइन् ।
जिल्लाको सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि नै मतदानको सुरु भएको थियो । मतदान गर्न ७ बजे नै मतदाताहरु लाइनमा बसेका थिए । मतदान केन्द्रहरूमा बिहानैदेखि घुँइचो लागेको छ । बृद्धबृद्धा, अशक्त, अपांगतालगायतका नागरिक पनि उत्साहजनक रूपमा मतदानमा सहभागी भएका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend