काठमाडौं । कोरोनाभाइरसको प्रकोप फैलिएसँगै रोकिएको मादक पदार्थ सेवन (मापसे) जाँच आजदेखि पुनः सुरु भएको छ । लकडाउन खुलेको र सवारीको चाप पनि बढेसँगै मापसे जाँच गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए।
पछिल्लो समय चालकले मापसे गर्दै सवारी चलाएको पाइएको कारण मापसे जाँच सुरु गरिएको बताइएको छ ।
मापसे जाँच भने विगतको तुलनामा अझै कडा हुने बताइएको छ । आजदेखि होटल, रेस्टुरेन्टनजिकै पनि ट्राफिक प्रहरी खटेर मापसे कडा पारिने भएको हो ।
मापसे गरेको पाइएमा ती चालकको स्वास्थ्य परीक्षण गरिने अनि अप कारबाही थालिने समेत महाशाखाले जनाएको छ । मंगलबार राति १२ बजेदेखि लकडाउन अन्त्य भएको थियो। यसको भाेलिपल्टै अर्थात् बुधबारदेखि मापसे परीक्षण हुन लागेको हो ।