Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्व राज्यमन्त्री बुढाको गाउँपालिका र वडामा निर्विरोध, धनबहादुरले गर्न पाएनन् मतदान


    शुक्रबार, बैशाख ३० २०७९
    585
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • डोल्पा । गाउँपालिका अध्यक्ष तथा वडाअध्यक्ष सहितका पदाधिकारी निर्विरोध निर्वाचित भएपछि डोल्पाका प्रतिनिधि सभा सदस्य धनबहादुर बुढाले यसपटक मतदान गर्न पाएनन् ।

    डोल्पाको काइके गाउँपालिका अध्यक्षमा नेकपा एसका अंङ्गद कुमार राना निर्विरोध निर्वाचित भएका थिए । 

    काईके गाउँपालिका वडा नम्बर २ का मतदाता रहेका पूर्व राज्यमन्त्री बुढाको वडाअध्यक्ष पनि निर्विरोध निर्वाचित भएका थिए ।

    बुढाको वडामा ओमकार रोकाया निर्विरोध निर्वाचित भएका थिए । 

    बुढाको गृहजिल्ला डोल्पामा छार्का ताङ्सोङ गाउँपालिकामा सेनाङ गुरुङ अध्यक्ष निर्वाचित भएका थिए । डोल्पाका अन्य स्थानीय तहमा शुक्रवार बिहान देखि मतदान चलिरहेको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार