Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • झडपमा परी घाइते भएका मतदान अधिकृतसहित तीनजनाकाे हेलिकाेप्टरबाट उद्धार


    शुक्रबार, बैशाख ३० २०७९
    405
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत । हुम्लाको चंखेली गाउँपालिका-२ स्थित महादेव मतदान केन्द्रमा ढुंगाले लागेर घाइते भएका मतदान अधिकृतसहित तीनजनालाई हेलिकाेप्टरबाट उद्धार गरिएको छ ।

    झडपमा परी मतदान अधिकृत कृष्णप्रसाद आचार्य, कार्यालय सहयोगी काला रावत र अर्का एक स्थानीय घाइते भएका थिए । 
    घाइते भएका कार्यालय सहयोगी काला रोकायलाई उद्धार गरी उपचारका लागि सुर्खेत लगिएको हुम्लाकी प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन् ।
    गठबन्धन र स्वतन्त्र पक्षबीचको झडपमा मतदान अधिकृतसहित तीनजना घाइते भएका थिए । झडपपछि प्रहरीले आठ राउन्ड अश्रुग्यास प्रहार गरेका छन् । अहिले मतदान रोकिएको छ ।

    सेनाले देशका सात ठाउँमा आपतकालीन उद्धारका लागि सैनिक टाेली खटाएकाे सैनिक प्रवक्त्ता नारायण सिलवालले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार