Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ह्‍वात्तै बढ्यो सुनको मूल्य, कायम गर्‍यो नयाँ कीर्तिमान


    बुधबार, साउन ७ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सुनको मूल्य बढ्ने क्रममा बुधबार नयाँ कीर्तिमान कायम गरेको छ । आज एकैदिन प्रतितोला १ हजार ३ सयले बढेर सुनको मूल्य प्रतितोला ९४ हजार पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यो आजसम्मकै सबैभन्दा बढी मूल्य रहेको महासंघले जनाएको छ । मंगलबार भने सुन प्रतितोला ९२ हजार ७ सयमा कारोबार भएको थियो।

    सुनको मूल्यसँगै चाँदीको भाउ पनि ह्वात्तै बढेको छ। चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ३५ पुगेको छ। मंगलबार चाँदी १ हजार ४० रुपैयाँमा प्रतितोला कारोबार भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार