Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • न्युरोडका व्यापारी लुट्ने दुई प्रहरी जेल चलान


    बुधबार, साउन ७ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । न्युरोडका व्यापारी विकास अग्रवालको १० लाख लुट्पाट गर्ने दुई प्रहरी जेल चलान भएका छन् । गत १० असारमा अग्रवालको १० लाख लुटेको अभियोगमा पक्राउ परेका प्रहरी हवल्दार धिरेन विष्ट र जवान विक्रम चन्द पुर्पक्षका लागि जेल चलान भएका हुन् ।

    उनीहरूलाई लुटपाट गर्न सहयोग गर्ने सम्मृद्ध सहकारी न्युरोडका कार्यरत क्यासियर रेणु श्रेष्ठ र सहकारीका पूर्वकर्मचारी सौरभ अधिकारीलाई पनि पुर्पक्षका लागि जेल चलान भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी राजकुमार केसीले जानकारी दिए । 

    उनीहरूलाई जिल्ला अदालत काठमाडौं थुनामा पठाउने आदेश दिएको हो । हवल्दार विष्ट काठमाडौं प्रहरी परिसरका घुमुवा हुन् भने चन्द प्रहरी प्रधान कार्यालय २ नम्बर गणमा कार्यरत थिए । 

    उनीहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार