काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ४१ पुगेको छ । कोरोना संक्रमण पुष्टि भएका महोत्तरी गाउँपालिका–३ मोरइका ६० वर्षीय एक पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ पुगेको हो ।
स्वास्थ्य मन्त्रालयले अझै मृत्यु पुष्टी गरिसकेको छैन । नेपालमा १७ हजार ९९४ जनामा कोरोना संक्रमण देखिएकोमा १२ हजार ४७७ निको भएर घर फर्किसकेका छन् । हाल संक्रमित ५ हजार ४ सय ७७ जनामात्र छन् ।