Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सर्वोच्चसहित देशभरका अदालत जेठ २ गतेसम्म बन्द रहने


    बिहिबार, बैशाख २९ २०७९
    995
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । देशभरका अदालत आगामी जेठ २ गतेसम्म बन्द हुने भएको छ । शुक्रबार हुन लागेको स्थानीय तहको निर्वाचन र सार्वजनिक बिदाका कारण सर्वोच्च अदालतसहित देशभरका अदालत आगामी जेठ २ गतेसम्म बन्द हुने भएको हो ।

    सर्वोच्च अदालतका सह प्रवक्ता देवेन्द्र ढकालले बिहीबार सूचना जारी गर्दै वैशाख ३० गतेदेखि आगामी जेठ २ गतेसम्म स्थानीय तहको निर्वाचन एवं सार्वजनिक बिदा परी लगातार चार दिन अदालत बन्द रहने जनाइएको छ । 

    आगामी जेठ २ गते सोमबारका दिन बन्दीप्रत्यक्षीकरणको सुनुवाइका लागि बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म सर्वोच्च अदालत खुला रहने जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार