रसुवा । शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा सम्पूर्ण तयारी पूरा भएको छ । मतदानका लागि आवश्यक तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ ।
जिल्लामा मतदान केन्द्रमा कर्मचारी खटाउने, निर्वाचन सामग्री मतदान केन्द्रहरूमा पुर्याउने, सुरक्षाकर्मी खटाउने र मतदान केन्द्रको निर्माण गर्ने लगायतका सबै काम सकिएको छ ।
मतदान गर्नका लागि ३४ वटा मतदानस्थल र ५१ वटा मतदान केन्द्रको निर्माण सकिएको छ । यसपटक वर्षाको सम्भावना भएकाले प्रत्येक मतदान केन्द्रमा त्रिपालको व्यवस्था गरिएको छ ।
मतदान केन्द्रको निर्माण सकिएको र केही काम मात्र बाँकी रहेको आमाछोदिङ्मो गाउँपालिका–४ स्थित पार्वतीकुण्ड मावि स्रोत केन्द्रका मतदान अधिकृत सिता गुरुङले बताइन् ।
निर्वाचनको सबै तयारी सकिएको र बिहान ७ बजेबाट मतदान सुरु गरिने आमाछोदिङ्मो गाउँपालिका–२ नेसिङस्थित पार्वतीकुण्ड प्रावि मतदान केन्द्रका सहायक मतदान अधिकृत दीपरमण अधिकारीले बताए ।
मतदाताहरुको सजिलोको लागि महिला पुरुष छुट्टाछुट्टै रहने लाइन निर्माण, ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरू छिटो मतदान गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ ।
निर्वाचनमा खटिएका कर्मचारीले सर्वदलीय बैठक राखेर आवश्यक प्रक्रिया अघि बढाएका छन् । बैठकमा मौन अवधिमा पालना गर्नुपर्ने नियम, आचारसंहिता, उम्मेदवारका प्रतिनिधि, अशक्त तथा अपाङ्गता भएका व्यक्तिले मतदान गर्न सहज बनाउने लगायत विभिन्न विषयमा छलफल भएको छ ।
यसैगरी नयाँ मतदाताहरूलाई परिचयपत्र वितरण गर्ने काम पनि भइरहेको छ । निर्वाचनमा २ सय ९४ जना नेपाल प्रहरी, २१९ सशस्त्र प्रहरी र २८८ म्यादी गरी ८ सय १ जना सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए । ‘हामीले मतदान प्रक्रियालाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्था कडा पारेका छौं’, उनले भने, ‘मतदाताले ढुक्क भएर मतदान गर्न पाउँछन् ।’
जिल्लामा निर्वाचनको लागि २ सय ५५ कर्मचारी खटिएका छन् । जिल्लामा ३८ हजार ५ सय ४५ मतदाता रहेका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend