Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माधव नेपालले गौर-१ र झलनाथले सुर्योदय-९ को मतदान केन्द्रमा मतदान गर्ने


    बिहिबार, बैशाख २९ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–१ को मतदान केन्द्रमा मतदान गर्ने भएका छन् ।

    एकीकृत समाजवादीले बिहीबार विज्ञप्ति निकालेर दिएको जानकारीअनुसार शुक्रबार हुने स्थानीय तह निर्वाचनमा अध्यक्ष नेपालले गौर १, भन्सार बजार नजिक रहेको कन्या प्राथमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नेछन् । 

    यसैगरी इलामको सुर्योदय नगरपालिका– ९ को मतदाता रहेका नेता झलनाथ खनालले करफोकस्थित करफोक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नेछन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार