मुगु । मुगुका चारवटै स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयमा सीसी क्यामेरा जडान गरिएको छ । स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षाका लागि सीसी क्यामेरा जडान गरिएको हो ।
छायाँनाथ रारा नगरपालिका, मुगुम कार्मारोङ्ग गाउँपालिका, सोरु गाउँपालिका र खत्याड गाउँपालिकाका चारैवटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालयमा सीसी क्यामेरा जडान गरिएको मुख्य निर्वाचन अधिकृत कार्यालय मुगुका निर्वाचन अधिकृत पुण्यप्रसाद सापकोटाले जानकारी दिए ।
निर्वाचनलाई शान्त सुरक्षित भयरहित वातावरणमा सम्पन्न गर्न सबै निर्वाचन कार्यालयमा सीसी क्यामेरा जडान अनिर्वाय गर्नुपर्ने अवस्था भएको हुँदा कार्यालयमा सीसी क्यामेरा जडान गरिएको सापकोटाको भनाइ छ ।
मुख्य निर्वाचन अधिकृतका अनुसार केन्द्रीय निर्देशनअनुसार नै जिल्लाका स्थानीय तहलाई निर्वाचन अधिकृतको कार्यालयमा सीसी क्यामेरा जडान गर्न निर्देशन गरिएको छ । सीसी क्यामेरा जडानपछि निर्वाचन अधिकृतको कार्यालय वा मतगणना स्थलमा थप सुरक्षित हुने अपेक्षा गरिएको छ ।
त्यस्तै मौसमको बदलीअनुसार निर्वाचन अधिकृतको कार्यालयमा वर्षा हुने सम्भावना भएको हुँदा जिल्लाका मतदान स्थलहरूमा आवश्यकअनुसारको पाल र अन्य बन्दोबस्त मिलाउन निर्देशन दिइएको छ ।
यदि त्यस्तो भैपरी आउने समस्यालाई समाधान गर्न केही समय निर्वाचनलाई स्थगित गरेर भए पनि व्यक्तिगत घरमा भए पनि निर्वाचन सम्पन्न गर्ने सापकोटाको भनाइ छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend