Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आईपीएलः दिल्लीले राजस्थानलाई हरायो


    बिहिबार, बैशाख २९ २०७९
    605
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राजस्थान रोयल्सलाई ८ विकेटले हराउदै दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२  टी(ट्वान्टी क्रिकेट प्रतियोगितामा छैटौं जित निकालेको छ ।

    बुधबार राति राजस्थानले दिएको १६१ रनको लक्ष्य दिल्लीले १८ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गरेको हो । दिल्लीका मिचेल मार्शले सर्वाधिक ८९ रन बनाए । डेभिड वार्नरले अविजित ५३ रनको योगदान गरे । 

    यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १६० रनको योगफल तयार पारेको थियो ।

    राजस्थानका रविचन्द्र आश्विनले ५० रन बनाए । यस्तै देबदुत पडिकलले ४८ रनको योगदान गरे । जितसँगै दिल्ली १२ खेलबाट १२ अंक जोडेर पाँचौ स्थानमा छ । राजस्थान १२ खेलबाट १४ अंक जोडेर तेस्रो स्थानमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार