रसुवा । शुक्रबार हुने स्थानीय तहको निर्वाचनको दिन नजिकिँदै गर्दा रसुवाको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । सुरक्षा योजनाअन्तर्गत मतदान पूर्व, मतदानको अवस्था र मतदानपछि मतगणनाको अवस्थालाई मध्यनजर राख्दै सुरक्षा व्यवस्थामा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए ।
निर्वाचनका लागि जिल्लामा नेपाली सेना बाहेक नेपाल प्रहरी, म्यादी प्रहरी र सशस्त्र प्रहरी गरी ८ सय १ जना खटाइएको उनले बताए । शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि ३४ वटा मतदानस्थल र ५१ वटा मतदान केन्द्र तोकिएको छ ।
जिल्लाका संवेदनशील, अतिसंवेदनशील र सामान्य तोकिएका मतदानस्थल तथा मतदान केन्द्रहरूमा आवश्यकता अनुसार सुरक्षाकर्मी परिचालन भएको बताइएको छ । सामान्यमा तीन जना प्रहरी, ५ जना म्यादी, अतिसंवेदनशीलमा ३ जना प्रहरी, ८ जना म्यादी र संवेदनशीलमा ३ जना प्रहरी र ६ जना म्यादी खटाइएको जैसीले बताए ।
त्यसैगरि सुरक्षाका लागि आवश्यकता अनुसार नेपाल प्रहरी र शसस्त्र प्रहरीको मोबाइल गस्ती खटिएको समेत उनले बताए । नेपाली सेनाको पनि आफ्नो योजना अनुसार परिचालन भएको बताइएको छ । त्यसैगरि निर्वाचनको मतपरिणाम पछिको अवस्थालाई व्यवस्थापन गर्न तयारी गरिएको समेत उनले बताए ।
जिल्लामा ५ वटा गाउँपालिका रहेको छ । जसमा २७ वटा वडा रहेका छन् । शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा जिल्लामा १७ वटा राजनीतिक दलले भाग लिएका छन् ।
जिल्लामा निर्वाचनका लागि १४५ पदका लागि ४६७ जना प्रतिस्पर्धामा छन् । जसमा ५ जना निर्विरोध भइसकेका छन् भने तीन पदमा उम्मेदवारी नै परेको छैन । अब १ सय ३७ पदका लागि मात्रै निर्वाचन हुने छ । जिल्लामा ३८ हजार ५ सय ४५ मतदाता रहेका छन् । जसमा १९ हजार ६ सय ८९ पुरुष र १८ हजार ८ सय ८५ महिला रहेका छन् ।
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend