Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चार महिनाम एक लाख ३७ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए


    बुधबार, बैशाख २८ २०७९
    2.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । कोरोना महामारीको जोखिम घटेसँगै नेपाल भित्रने पर्यटकको संख्या बढ्न थालेको छ । 

    अध्यागमन विभागका अनुसार सन् २०२२ सुरु भएपछिको पहिलो चार महिनामा विभिन्न देशबाट नेपालमा कुल १ लाख ३७ हजार ९५ जना पर्यटक आएका छन् । 

    जनवरीमा १६ हजार ९७५, फेव्रुअरीमा १९ हजार ७६६, मार्चमा ४२ हजार ६ जना र अप्रिलमा ५८ हजार ३४८ जना पर्यटक नेपाल आएको विभागले जनाएको छ । 

    कोरोना भाइरस पहिलो पटक सन् २०१९ डिसेम्वर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलिएको थियो । 

    कोरोना महामारी विश्वभर फैलिए पछि यसलाई नियन्त्रण गर्न गरिएको लकडाउनले पर्यटकको आवतजावत प्राय ठप्प भएको थियो । 

    अघिल्लो वर्ष सन् २०२१ को पहिलो चार महिनामा नेपालमा मात्र ५५ हजार ४४७ जना पर्यटक भित्रिएका थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष पर्यटन आउने संख्या उल्लेख्य रुपमा बढेको विभागको तथ्याङ्कले देखाउँछ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार