Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कर्णालीका पहाडी क्षेत्रमा पानी नपर्दा मकै रोप्‍न समस्या 


    बुधबार, बैशाख २८ २०७९
    765
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  
    जाजरकोट । समयमै पानी नपर्दा कर्णाली प्रदेशका पहाडी क्षेत्रका किसान समस्यामा परेका छन् । पानी नपर्दा जाजरकोट,रुकुम पश्चिम  र डोल्पाका किसानले मकै रोप्‍न पाएका छैनन् ।

    यहाँका किसान आकाशे पानीको भरमा खेती गर्दै आएका छन् ।

    काठमाडौं उपत्यकासहित अन्य पहाडी क्षेत्रमा दिनहुँजस्तो  वर्षा भइरहे पनि कर्णालीका पहाडी क्षेत्रमा भने वर्षा हुन सकेको छैन ।

    नलगाड-८ का किसान शेरबहादुर खत्रीले वैशाखभित्र मकै रोपिसक्नुपर्ने भए पनि वर्षा नहुँदा ढिलो भएको बताए ।

    यहाँका किसानले धानको बीउ राख्‍न सुरु गरे पनि सिंचाइको अभाव रहेको छ । वर्षा हुन नसकेको र सिंचाइको सुविधा नभएकाले धानको बीउ राख्‍न पनि समस्या भइरहेको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार