Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हेटौंडामा समाजवादीको समर्थन लामालाई


    मंगलबार, बैशाख २७ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी मिना कुमारी लामालाई नेकपा (समाजवादी) पार्टीले समर्थन गरेको छ ।

    पार्टीको मंगलबार साँझ बसेको बैठकले लामालाई समर्थन गर्ने निर्णय गरेको जिल्ला इन्चार्ज केदारनाथ दुलालले जानकारी दिए । समाजवादीबाट मेयर पदमा उम्मेदवारी दिएका रोमनाथ भुर्तेल नेकपा एमालेमा प्रवेश गरेपछि समाजवादीले लामालाई समर्थन गरेको हो ।  

    पार्टीले भुर्तेललाई लाल गद्दारको आरोप लगाउँदै साधारण सदस्य समेत नरहने गरी कारबाहीसमेत गरेको छ ।  

    मेयर पदमा नेकपा एकीकृत समाजवादीकी नेत्री मिनाकुमारी लामालाई कलम चुनाव चिन्हमा मतदान गरी मतले विजयी गराउन दुलालले सम्पूर्णमा आग्रह समेत गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार