बैतडी । ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनमा बैतडीका ५ पत्रकार चुनावी मैदानमा छन् ।
पत्रकार महासंघ बैतडीका निवर्तमान अध्यक्ष प्रेमसिंह भाट पाटन नगरपालिका वडा न.९मा वडा सदस्यका उम्मेदवार बनेका छन् । भाट नेकपा माओवादीं केन्द्रबाट उम्मेदवार बनेका हुन् ।
त्यस्तै उज्यालो अनलाइनका सम्वाददाता तपेन्द्र बिष्ट मेलौली नगरपालिका वडा न.८मा वडाअध्यक्षका उम्मेदवार बनेका छन् । उनी नेकपा एमालेबाट उम्मेदवार बनेका हुन् । २२ वर्षका उनी चुनावी मैदानमा होमिएका हुन् ।
प्रेस युनियन बैतडीका कोषाध्यक्ष धन बहादुर क्षेत्री(जगदीश) दशरथचन्द नगरपालिका वडा न.३मा वडाअध्यक्षका उम्मेदवार बनेका छन् । क्षेत्री नेपाली कांग्रेसबाट वडाअध्यक्षका उम्मेदवार बनेका हुन् । यसअघि उनका बुवा दाम बहादुर क्षेत्रीले वडाअध्यक्षमा चुनाव जितेका थिए ।
दशरथचन्द नगरपालिका कै वडा न.९ ग्वाल्लेकमा पत्रकार चन्द्रमुस्कान जोशीले उम्मेदवार दिएका छन् । रेडियो शनसेर बैतडीमा कार्यरत जोशीले नेकपा एकीकृत समाजवादीका तर्फबाट उम्मेदवारी दिएका हुन् ।
यसैगरी नेकपा (एकिकृत समाजवादी)कै तर्फबाट मेलौली नगरपालिका वडा न.२मा पत्रकार सेर बहादुर चन्द वडा अध्यक्षका उम्मेदवार बनेका छन् । चन्द प्रेस चौतारीका पूर्व जिल्ला अध्यक्ष समेत हुन् ।
यसअघि समेत बैतडीका ३ जना पत्रकार जनप्रतिनिधि बनेका थिए ।
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend