Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेटौंडामा समाजवादीबाट मेयरको उम्मेदवार बनेका भुर्तेल एमाले प्रवेश


    मंगलबार, बैशाख २७ २०७९
    865
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा नेकपा समाजवादीबाट मेयर पदमा उम्मेदवारी दिएका रोमनाथ भुर्तेल नेकपा एमालेमा प्रवेश गरेका छन् । आज एक कार्यक्रमकाबीच भुर्तेल एमालेमा प्रवेश गरेका हुन् ।

    भुर्तेललाई एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य डोरमणि पौडेलले पार्टी प्रवेश गराएका थिए । एमालेले गरेको विकास र समृद्धिका कारण एमालेमा प्रवेश गरेका भुर्तेलले बताए ।

    कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवम् मकवानपुर सह इन्चार्ज जुनेली श्रेष्ठ, मेयर पदका उम्मेदवार अनन्त पौडेल, उपमेयर पदका उम्मेदवार सुमित्रा काफ्ले, एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार