Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यति एयरको बेतिथि: समय अगावै जहाज उडाउँदा यात्रु छुटे, बाँके प्रशासन लेख्यो कारबाही पत्र


    मंगलबार, बैशाख २७ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जुम्ला । नेपालगञ्जदेखि जुम्लामा आउने यति एयरलाइन्सको जहाज समय अगावै उडाउँदा यात्रु छुटेका छन् । जुम्लाका लागि नेपालगन्जबाट अनलाइन टिकट काटेर बसेका चन्दननाथ नगरपालिका-७ जुम्ला  निवासी गोविन्दबहादुर महतले छुटेका हुन् । 

    उनी अनलाइन टिकट काटेर  नेपाल नेपालगन्जबाटको काउण्टरमा पुगेका थिए । उनले काटेको जहाजको टिकटमा एक बजे समय तोकिएको थियो । तर, जहाज समय अगावै जुम्ला उडाइएको भन्दै बाँके प्रशासनमा निवेदन दिएका थिए । उनले दिएको निवेदनको सुनुवाइ गर्दै बाँके प्रशासनले कारबाही गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र काटेको गरेको छ ।  

    बाँके जिल्ला प्रशासनले नागरिक उड्डयन प्राधिकरण नेपालगन्जलाई मंगलबार आवश्यक कारबाही गर्नभन्दै पठाएको पत्र काटेको हो । उक्त पत्रमा भनिएको चन्दननाथ नगरपालिका- ७ जुम्ला बस्ने गोविन्दबहादुर महतले दिएको निवेदनको दर्ता नम्बर ३८६७ मिति २०७८ वैशाख २७ मा जहाजको टिकटलगायत कागजातको छायाप्रति यसैसाथ संलग्न गरी आवश्यक कारबाहीको लागि पठाइएको भन्दै आदेश गरिएको छ । 

    त्यस्तै निवेदक महतले आफू काठमाडौंबाट नेपालगन्ज आएको, जुम्लाका लागि ईटिकट काटेर वोडिङसमेत गरिसकेको अवस्थामा समय अगावै जहाज उडेको भन्दै उनले कारबाहीका लागि निवेदन दिएका छन् ।

    टिकटमा एक बजेको समय दिइएको भए पनि जहाज समय अगावै उडेको उनले बताएका छन् ।

    280478073_540314257463171_6162382141898523268_n.jpg280130232_1226055561550902_2891236519216564481_n.jpg279911455_391989539475317_1233300255382745986_n.jpg278468982_580200796560159_4769786313060648706_n.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार