Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • सञ्जु चाैधरीलाई अन्तिम श्रद्धान्जली


    मंगलबार, बैशाख २७ २०७९
    645
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । १३औं सागमा नेपालका लागि भारोत्तोलनबाट स्वर्ण पदक दिलाउन सफल खेलाडी स्व. सञ्जु चौधरीलाई राष्ट्रिय खेलकुद परिषदमा मंगलबार अन्तिम श्रद्धान्जली दिइएको छ ।

    चौधरीको शवमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय झन्डा र राष्ट्रिय खेलकुद परिषद्को झन्डा ओढाएर श्रद्धान्जली व्यक्त गरे । 

    प्रतिनिधिसभा सदस्य तथा सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अन्तिम श्रद्धान्जल अर्पण गरे । 

    यस्तै राखेपका विभागीय प्रमुखहरू, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, ओलम्पियन संघका अध्यक्ष दीपक बिष्ट, कर्मचारीहरू, खेलाडी तथा खेलकर्मीहरूले श्रद्धान्जली व्यक्त गरेका थिए ।

    बाँके आदर्श टोल निवासी चौधरीको शव आजै उनको गृहनगरतर्फ लगिने संघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार