झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले ०७४ सालको जस्तो नरहेको बताएका छन् । उनले ०७४ सालको स्थानीय तह निर्वाचनमा पहिलो भएजस्तो यसपटक सहज नभएको बताए । यद्यपि, त्यो बेला कांग्रेस दोस्रो भए पनि एमालेसँग ठूलो फरक नरहेको बताए ।
गृह जिल्ला झापाको दमकमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले एमालेले २९३ स्थानीय तह जित्दा कांग्रेसले २६६ स्थानीय तह जितेको बताए । ‘२७ वटा स्थानीय तहको फरकमा मात्र कम जितेर दोस्रो भएको हो । कांग्रेस त्यो बेला पनि कमजोर थिएन । एमाले त्यो बेलाको जस्तो छैन,’ उनले भने, ‘त्यो बेला एमालेलाई तीन-तीन जना पूर्वप्रधानमन्त्रीको साथ थियो । झलनाथ खनाल र माधव नेपाल अहिले हुनुहुन्न । पूर्वउपप्रधामन्त्री वामदेव गौतम पनि हुनुहुन्न । अहिले केपी ओली एक जना मात्र हुनुहुन्छ ।’ उनले एमाले ठूलो भएर उसका विरुद्ध तालमेल नभएको बताए । उनले ओलीको अंकारविरुद्ध पाँच दलीय गठबन्धन बनेको बताए ।
महामन्त्री शर्माले ओलीप्रति जनताको विश्वास र भरोसा टुटेको बताए । ‘मलाई एमाले कार्यकर्ताले भन्नु भएको छ । हामी हिजो जुन ऊर्जामा थियौँ, आज मुर्जाएका छौँ । हिजो जुन जाँगर थियो । आज सिथिल भएको अवस्था छ । जनताका सामुन्य जवाफ दिन नसक्ने गरी प्रश्नहरू हामी माँझ छन् भनेर एमाले कार्यकर्ता भनिरहेका छन्,’ उनले भने, ‘दमकलाई के आग्रह गर्न चहान्छु भने प्रश्न चुनाव जित्ने मात्र हैन । तपाईंले यो बेलामा दमकले तेर्साउने पर्ने धेरै प्रश्न छन् । यो बेला जनताले सोच्नुपर्छ ।’ महामन्त्री शर्माले ओलीको नेतृत्वमा स्थिरताको नारा दिएर माओवादीसँग एकता गरेको भन्दै अहिले स्थिरता कहाँ गयो ? भन्दै प्रश्न गरे । ‘दुई वटा कम्युनिस्ट पार्टी गाँसिँदा नेपालको कम्युनिस्ट आन्दोलनले नेपालको मुहार बदल्ने छ भनेर कम्युनिस्ट कार्यकर्ताले देखेको सपना अहिले कहाँ छ ?,’ उनले भने, ‘हिजो प्रधानमन्त्री बनाउँदा देखाइएको समृद्धिको सपना कहाँ छ ? हिजो ओलीमाथि गरिएका भरोसा कहाँ छ ।’
उनले तालमेल प्राकृतिक भएको र नहिचकिच्याइ तालमेल भएको दलमा मत खसाल्न आग्रह गरे ।
यसैबीच, एमालेबाट वडासदस्यको उम्मेदवार बनेका गुमानसिंह तामाङले एमाले छाडेका छन् । उनले गठबन्धनको चुनावीसभाबाट एमाले छाडेको उद्घोष गरे । उनी एमालेको तर्फबाट दमक–७ को वडासदस्य उम्मेदवार हुन् । एमालेमा सम्मान नभएकाले छाडेको उनले बताए । तामाङ यसअघि माओवादी केन्द्रमा थिए । केही महिनाअघि मात्र उनी एमालेमा प्रवेश गरेका हुन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend