काठमाडौं । मंगलबार रातिदेखि लागू हुनेगरी लकडाउन अन्त्य घोषणा गरेको सरकारले निजी सवारी साधनमा लगाउँदै आएको जोर विजोर प्रणाली हटाएको छ । मन्त्रिपषिद्को सोमबार बसेको बैठकले जोड विजोर हटाउने निर्णय गरेको हो ।
सार्वजनिक यातायात सञ्चालन भइसकेकाले निजी सवारी साधनमा लगाएको जोरबिजोर प्रणाली हटाएको हो ।
यसैबीच, साउन १५ गतेबाट होटल तथा रेष्टुरेन्टहरु सञ्चालन गर्न पाइने भएको छ । तर पार्टी गर्न नपाउने भएको छ ।