Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ह्वात्तै घट्याे सुनको मूल्य, यस्तो छ आजको बजार भाउ


    मंगलबार, बैशाख २७ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ७०० रुपैयाँले घट्दै ९८ हजार रुपैयाँमा झरेको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै तेजाबी सुनको मूल्य समेत आज अघिल्लो दिनको तुलनामा तोलामा ७०० रुपैयाँले नै घट्दै ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले घट्दै आज एक हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार