Nepal Face
  • आइतबार, १० साउन २०८३
  • साढे ८ करोड बढी राजस्व चुहावट गरेको अभियोगमा अन्तरा इन्टरनेसनलका सञ्चालकविरूद्ध मुद्दा


    सोमबार, बैशाख २६ २०७९
    820
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा अन्तरा इन्टरनेसनलका सञ्चालक विरूद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।

    विभागले काठमाडौं महानगरपालिका-२७ स्थित अन्तरा इन्टरनेसनलले प्रचलित आयकर ऐन तथा मूल्य अभिवृद्धि कर विरुद्धको अपराध गरेको पाइएको जनाएको छ। विभागले सो कम्पनीका लेखापरीक्षक गणेशबहादुर केसी र श्यामसुन्दर यादवविरूद्ध मुद्दा दायर गरेको हो।

    विभागले १७ करोड सात लाख ५५ हजार बराबरको बिगो दाबी गर्दै यही वैशाख २२ गते मुद्दा दायर गरेको भए पनि आज प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ। आरोपी अन्तरा इन्टरनेशनलले आठ करोड ५३ लाख ७७ हजार मूल्य अभिवृद्धि कर र आयकर छली गरेको पाइएको छ। विभागले आरोपीविरूद्ध शतप्रतिशत जरिवाना समेत गरी १७ करोडभन्दा बढी बिगो दाबी गर्दै मुद्दा दायर गरिएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार