रसुवा । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रसुवाका मतदान केन्द्रमा निर्वाचन सामाग्रीसहित कर्मचारी पुग्न थालेका छन् । मतदान गर्न समय चार दिन बाँकी छँदा हिँडेर जानुपर्ने स्थानका मतदान केन्द्रमा निर्वाचन सामाग्रीसहित कर्मचारी पुग्न थालेका हुन् ।
हालसम्म जिल्लाका १३ वटा मतदान केन्द्रमा निर्वाचन सामाग्रीसहित कर्मचारी पुगेको जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिए ।
गोसाईंकुण्ड गाउँपालिकाको लाङटाङ र नौकुण्ड गाउँपालिकाको १२ वटा मतदान केन्द्रमा निर्वाचन सामाग्रीसहित कर्मचारी पुगेको उनले बताए । सोमबार मतदान सामाग्रीसहित लाङटाङ हिँडेका कर्मचारी र सुरक्षा निकायको टोली मंगलबार पुगेका छन् ।
बाँकी मतदान केन्द्रमा निर्वाचन गराउन खटिएका कर्मचारीहरूले पनि निर्वाचन सामाग्री बुझ्न थालेको उनले बताए । मंगलबार बेलुकीसम्ममा निर्वाचन सामाग्री सहित कर्मचारी मतदान केन्द्रमा पुगिसक्ने उनले बताए ।
मतदान केन्द्रहरूमा पुगेका कर्मचारीहरूले मंगलबारबाटै निर्वाचनको आवश्यक प्रक्रिया सुरु गर्ने बताएका छन् । मतदान केन्द्रहरूमा सूचना टाँस गर्ने, चार किल्ला तोक्ने लगायतका गतिविधिहरू सुरु गर्ने भएका छन् ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रसुवामा २ सय ५५ जना कर्मचारी खटाइएको छ । निर्वाचन गराउन खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई शनिबार र आइतबार तालिम प्रदान गरि खटाइएको हो । जिल्लामा ३४ वटा मतदानस्थल र ५१ वटा मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend