Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • उपत्यकालगायत धेरै स्थानमा घाम लाग्यो, मौसम खुल्न अझै समय लाग्‍ने


    मंगलबार, साउन ६ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं लगायत अधिकांश भूभाग लगातार परिरहेको पानी रोकिएको छ । पानी रोकिएसँगैधेरै ठाउँमा अहिले घाम लागेको छ । 

    बागमती प्रदेशका एक/दुई ठाउँमा पानी परिरहे पनि धेरै ठाउँमा रोकिएको मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् । उनका अनुसार अहिले पानी पर्न रोकिए पनि बेलुका फेरि पर्ने सम्भावना छ ।

    मनसुनी न्यून चापीय रेखा नेपाल नजिकै रहेकाले बिहान बेलुका ठूलो, मध्यम र सामान्य वर्षाको सम्भावना रहेको मौसमविद् पोखरेलले बताइन् । 

    गत आइतबारदेखि परेको लगातारको झरीका कारण धेरै ठाउँमा बाढी, पहिरो र डुबान भएको छ । झरी रोकिएपछि भने केही राहत भएको छ । पानी पर्न रोकिएसँगै सडक मर्मतमा सजिलो भएको छ भने ओहोरदोहोर गर्ने यात्रुलाई पनि राहत मिलेको छ । 

    यसपालीको मनसुनमा औसतभन्दा धेरै वर्षा हुने सम्भवना रहेकाले अझै सचेत रहनुपर्ने मौसमविद्को भनाइ छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार