Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस र माओवादीका कार्यकर्ताबीच कुटाकुट, दुई जना घाइते


    सोमबार, बैशाख २६ २०७९
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हेटौँडा । मकवानपुरको बकैया गाउँपालिकामा गठबन्धनकै कांग्रेस र माओवादीका कार्यकर्ताहरूबीच कुटाकुट भएको छ । बकैया गाउँपालिका-७ कत्लेखोलामा भएको कुटाकुट हुँदा दुई जना घाइते भएका छन् ।

    चुनावको विषयलाई लिएर नेपाली कांग्रेस निकट रामबहादुर राईले २०–२५ जना कार्यकर्ताको परिचालन गरि माओवादी केन्द्रका कत्लेखोला टोल कमिटी अध्यक्ष विष्णु राई र राप्रपा गाउँ कमिटी उपाध्यक्ष हरि राईलाईलाई कुटपिट गरेको माओवादी केन्द्र मकवानपुरकी नेतृ लक्ष्मी माझी ‘कृपा’ले आरोप लगाइन् । उनीहरू दाजुभाइ समेत रहेका छन् । घाइते विष्णु र हरिको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको माझीले बताइन् ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरले उक्त झगडा घरझगडा भएको र यसलाई राजनीतिक रूपमा नलिन आग्रह गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार