काठमाडौं । मंगलबार काठमाडौं उपत्यकामा कुल ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसको जानकारी दिएका हुन् ।
त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौका ८ जना र स्टार अस्पताल ललितपुरमा गरिएको परीक्षणमा ललितपुरका एक जनामा कोरोना देखिएको हो ।
मंगलबार देशभर १ सय ५० जना काेराेना संक्रमित भेटिएका छन् । योसहित नेपालमा संक्रमितको संख्या १७ हजार ९ सय ९४ जना पुगेको छ।
नेपालमा पछिल्लाे २४ घण्टामा ६ सय ९ जना उपचारपछि डिस्चार्ज भएका छन्। यसरी डिस्चार्ज हुनेकाे कुल संख्या १२ हजार ४ सय ७७ पुगेकाे छ ।
देशका विभिन्न स्थानका २१ हजार ७ सय ४ सय जना क्वारेन्टिनमा छन्। मंगलबारसम्म नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ।
यस्तैगरी मंगलबारसम्म कुल ७ जिल्ला कोरोना संक्रमित बाँकी रहेका छैनन् । यी मध्ये भोजपुर, पाँचथर, सखुवासभा, धनकुटा, रसुवा, मनाङ र मुस्ताङ छन् ।