Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आरजुको बचाउ गर्दै कांग्रेसको स्पष्टीकरण- हामीले जित्याैं भने बजेट सुनिश्चित हुन्छ भन्न खोज्नु भएको हो


    सोमबार, बैशाख २६ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य डा.आरजु राणाले दिएको अभिव्यक्तिमा स्पष्टीकरण दिएको छ ।

    पार्टीले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा. प्रकाशशरण महतले आरजुको अभिव्यक्तिमा कांग्रेसले जित्यो भने बजेट सुनिश्चित हुन्छ भन्न खाेजेकाे हाे भन्दै स्पष्टीकरण दिएका हुन् ।

     महतले भने, ‘कांग्रेसले जित्यो भने बजेट सुनिश्चित हुन्छ भन्नुभएको हो । तपाईंहरुको विकास सुनिश्चित गर्नुभएको होला । अहिले बोलेको अलिकति टिपेर हाल्ने प्रचलन छ ।’

    प्रधानमन्त्री पत्नी आरजुले डडेलधुरामा आयोजित एक कार्यक्रममा आफ्नो पार्टीले नजितेको ठाउँमा बजेट पठाउँदैनौं भनेको भिडियो भाइरल भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार