Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • काठमाडौंका ५ हजार जनामा नमूना परीक्षण, कसैमा देखिएन कोरोना


    मंगलबार, साउन ६ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकाको समुदाय कोरोना भाइरस (कोभिड-१९) फेलिएको/नफैलिएको पत्ता लगाउनका लागि नमूना परीक्षण भएको छ । 

    दुई चरणमा गरिएको परीक्षणले काठमाडौंको समुदायमा कोरोना नफैलिएको देखिएको बताइएको छ । 

    यसअघि सुरुमा १२ सय जनाको परीक्षण गरिएकोमा टोखाका तीज जनामा संक्रमण देखिएको थियो ।  इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएअनुसार दोस्रो चरणमा ५ हजार जनाको नमूना संकलन गरी परीक्षण गर्दा एकजनामा पनि कोरोना नदेखिएको हो । 

    दोस्रो चरणमा तरकारी पसल, दूध पसल, हजाम, बैंक, मालपोत, यातायात र पब्लिक क्न्ट्याक्ट बढी हुने ठाउँका व्यक्तिहरुको नमूना लिइएको बताइएको छ । यो परीक्षणमा संकमितको संख्या शून्य देखिएसँगै समुदायमा कोरोना फैलिएको आशंका कम भएको अनुमान गरिएको छ । 

    अब यस्तै गरेर मुलुकका अन्य क्षेत्रमा समेत परीक्षणको दायरा बढाउने तयारी रहेको बुझिएको छ । यसको लागि बढी संक्रमण भएका जिल्लाहरूलाई प्राथमिकता दिएर परीक्षण बढाउने भनिएको छ। उपत्यकामा पनि परीक्षणलाई निरन्तरता दिइने बताइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार