Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • सचिवहरुको सरुवा, सञ्चार मन्त्रालयमा बस्याल


    मंगलबार, साउन ६ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले केही सचिवहरुको सरुवा तथा केही सचिवको पदस्थापन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरुको जिम्मेवारी हेरफेर गरेको हो । 

    मन्त्रिपरिषद्ले यसअघि गण्डकी प्रदेशका प्रमुख सचिवमा कार्यरत हरिप्रसाद बस्याललाई सरुवा गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा ल्याएको छ । यस्तै बागमती प्रदेशका प्रमुख सचिव तोयम रायलाई सरुवा गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा तानिएको छ । 

    यस्तै विष्णुप्रसाद नेपाललाई भने गण्डकी प्रदेशको प्रमुख सचिव नियुक्त गरिएको छ भने मानबहादुर विकलाई बागमती प्रदेशको प्रमुख सचिवको जिम्मेवारी दिइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार