Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • एसियाड र विश्व पौडीका लागि खेलाडी छनोट


    आइतबार, बैशाख २५ २०७९
    850
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल पौडी संघले चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुद र हंगेरीको बुढापेस्टमा हुने १९ औं फिना विश्व पौडी च्याम्पियनसिपका लागि खेलाडी छनोट गरेको छ ।

    सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बैशाख २२ र २३ गते भएको २४ औं खुला पौडी प्रतियोगिताबाट दुवै प्रतियोगिताका लागि खेलाडीको छनोट गरिएको नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले जनाएका छन् । 

    अध्यक्ष वज्राचार्यका अनुसार एसियाडका लागि ९–९ पुरुष÷महिला गरी १८ खेलाडीको प्रारम्भिक छनोट सम्पन्न भएको हो । विश्व च्याम्पियनसिपका लागि १–१ पुरुष÷महिला गरी २ खेलाडीको अन्तिम छनोट गरिएको छ ।

    एसियाडका लागि पुरुषमा नासिर याहया हुसैन, शंकरसनाबहादुर रघुवंशी, तेन्जिन नाम्डोल रायन गुरुङ, एर्भिन श्रेष्ठ, अनुभव सुब्बा, एल्भिन महर्जन, सेरेन सिंह र निर्भय थापा रहेका छन् । महिलामा डुवाना लामा, अनुशिया तण्डुकार, रोयल प्रजापति, रोशा न्यौपाने, उपास्ती महर्जन, युस्का महर्जन, आर्या महर्जन र मेगन गुरुङ छन् । यि १६ खेलाडी २४ औं खुला पौडी प्रतियोगिताबाट छनोट भएका हुन् । 

    ओलम्पिनद्वय एलेक्जन्डर गाडेगार्ड शाह र गौरिका सिंहलाई पनि प्रारम्भिक छनोटमा समावेश गरिएको छ । दुवैले टोकिया ओलम्पिक– २०२० मा प्रतिस्पर्धा गरेका थिए ।
    विश्व च्याम्पियनसिपका लागि नासिर र डुवान छनोट भएका छन् । सबै खेलाडीको छनोट फिना अंक आधारमा गरिएको जनाइएको छ । विश्व च्याम्पियनसिप जुनमा हुँदैछ । एसियाड भदौ २५ देखि असोज ९ गतेसम्मलाई तय भएकोमा कोरोना भाइरसका कारण स्थगित भइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार