Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सुरु भएको केहीबेरमै स्थगित भयो नेकपा बैठक


    मंगलबार, साउन ६ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । लामो समयपछि बस्न सकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति बैठक सुरु भएको केहीबेरमै स्थगित भएको छ । यसअघि पटकपटक स्थगित भएको बैठक आज १ बजे सुरु भएको थियो ।

    बैठक आज बिहान ११ बजेका लागि तोकिए पनि अन्तिम समयमा २ घण्टा ढिलो बस्ने बताइएको थियो । बैठकमा सुरुदेखि प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित थिए ।  

    बैठकमा केहीबेर छलफल भएको थियो । केहीबेरमै स्थगित भएको बैठक अब साउन १३ मा बस्ने भनिएको छ । 

    बैठकले प्राकृतिक विपत्तीका कारण देश आक्रान्त भएको र यो समयमा सम्पूर्ण जनप्रतिनिधि, पार्टी कार्यकर्ता एवं युवा विद्यार्थीहरूमा प्राकृतिक विपत्तिका बेला स्वयंसेवी भावनाका साथ उद्दार, राहत र पुनस्थापनाका काममा परिचालित हुन आह्वान गर्ने प्रस्ताव पारित गर्दै स्थगित भएको हो । 

    पार्टीभित्रकाे विवादका कारण स्थायी कमिटी बैठक अहिलेससम्म ९ पटक स्थगित भएकाे छ।असार १० गतेदेखि सुरु भएकाे बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएसँगै विवाद बढ्दै गएको छ । बैठक अब साउन १३ मा बस्ने भएको छ । 

    सोही विवादका कारण स्थायी समिति बैठक नियमित हुन सकेको थिएन।आइतबार पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बैठक अघि बढाउने सहमति भएको थियो। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार