खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिकामा चुनावी कार्यक्रममा बालबालिकाको प्रयोग भइरहेको पाइएको छ । आसन्न ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको प्रचार–प्रसारका क्रममा बालबालिकाको प्रयोग भइरहेको देखिएको हो । विशेषगरी कांग्रेस र एमालेको चुनावी गतिविधिमा बालबालिकाको प्रयोग भइरहेको सामाजिक सञ्जालमै छरपस्ट भएको छ ।
स्वयं वडाध्यक्षका उम्मेदवारहरूले पोस्ट गरेको तस्बिरमा बालबालिकाले पार्टीका चुनाव चिन्ह अंकित झण्डा समाएर उभिएको देखिन्छ । रावाबेँसी गाउँपालिका–६ हौंचुरका एमालेका वडाध्यक्षका उम्मेदवार यज्ञनारायण श्रेष्ठले शनिबार र रावाबेँसी गाउँपालिका–१ कुभिन्डेका कांग्रेसका वडाध्यक्षका उम्मेदवार गेहेन्द्र राईले आइतबार पोस्ट गरेको तस्बिरले निर्वाचन प्रचार–प्रसारका क्रममा बालबालिकाको प्रयोग भएको पुस्टी गरेको छ ।
निर्वाचन प्रचार–प्रसार एवं घरदैलोका क्रममा बालबालिकाको प्रयोग भएको भन्दै आलोचना भएपछि वडाध्यक्षका उम्मेदवार श्रेष्ठले बालबालिकाको तस्बिर कटाएको तस्बिर राखेका छन् । अर्का वडाध्यक्षका उम्मेदवार राईले भने बालबालिकाले झण्डा समाएर उभिएको तस्बिर हटाएका छन् ।
सामाजिक सञ्जालमा पोस्ट भएका तस्बिरबाट जिल्ला अन्य ठाउँमा चुनावी प्रचार–प्रसारका क्रममा बालबालिकाको प्रयोग भइरहेको अनुमान गरिएको छ । यस बारेमा प्रश्न गर्दा दलका नेता तथा उम्मेदवारले बालबालिका आफै आएर भिडमा मिसिने गरेको जवाफ दिने गरेका छन् ।
निर्वाचन आचार संहितामा निर्वाचन प्रचार प्रसार, आमसभा तथा जुलुसमा १८ वर्ष उमेर पुरा नभएका बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने उल्लेख छ । राष्ट्रिय मानव अधिकार प्रदेश नम्बर १ शाखा कार्यालय खोटाङले खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका दललाई ८ वैशाखमा पत्र पठाउँदै चुनावी कार्यक्रममा बालबालिकाको प्रयोग नगर्न आग्रह गरेको थियो । तर दलबाट चुनावी गतिविधिमा बालबालिकाको प्रयोग भइरहेको पाइएको छ ।
निर्वाचनका बेला बालबालिकाको प्रयोग भइरहेको विषयमा अनुगमन भइरहेको राष्ट्रिय मानव अधिकार प्रदेश नम्बर १ शाखा कार्यालय खोटाङका प्रमुख श्यामबाबु काफ्लेले बताए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend