Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विक्रम पाण्डेको आरोप- भरतपुर महानगरपालिकालाई पार्टीको भर्ती केन्द्र बनाइयो


    आइतबार, बैशाख २५ २०७९
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले भरतपुर महानगरपालिकालाई पार्टी कार्यालय जस्तो बनाएकाे आराेप लगाएका छन् ।

    महानगर जनताले तिरेको करबाट चलेको भन्दै उनले तिरो तिर्न आउँदा पनि पार्टीगत रूपमा जनतालाई विभेद गरिएको बताए । महानगरलाइ भर्ती केन्द्रजस्तो बनाएर पार्टीका कार्यकर्ता भर्ती गरिएको उनकाे आराेप छ। 

    भरतपुर महानगरपालिका र माडी नगरपालिका सम्भावना बोकेको ठाउँ भएको उनले बताए । एमाले र राप्रपाले भरतपुर र माडीमा चुनावी तालमेल गरेका छन् ।

    राप्रपा र एमाले राष्ट्रियताको सवालमा एक भएको भन्दै उनले राष्ट्रियताको सवालमा ओलीलाई धेरै माथि रहेको बताए । ‘म राजनीति गर्न जाने होइन विकास गर्न जान्ने व्यक्ति हो,´ उनले भने

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार