Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बादलकाे दाबी- नीति र सिद्धान्तबाट पदच्यूत माओवादी पतनकाे बाटाेमा छ


    आइतबार, बैशाख २५ २०७९
    830
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले नेकपा माओवादी केन्द्र पतनको दिशामा अघि बढेको दाबी गरेका छन् ।

    चितवन एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले माओवादी केन्द्र आफ्नो नीति र सिद्धान्तबाट पदच्युत भएको बताए । 

    माओवादी केन्द्रको भ्रममा रहेका कार्यकर्तालाइ भ्रममुक्त हुन पनि उनले आग्रह गरे । नेकपा एकीकृत समाजवादी रावणको पुच्छर भएको आरोप लगाउदै उनले शेरबहादुर देउवा नेतृत्वको सरकार जनताको सरकार नभएर दलालहरुको सरकार भएको बताए ।

    गठबन्धन भनेको बाँडीचुँडी खाने गुट मात्र भएको भन्दै उनले गठबन्धन लोकतन्त्र विरोधी भएको आरोप लगाए । कम्फर्टेबल सरकारलाई निरन्तरता दिएर देशलाई विदेशीको गुलाम बनाइराख्न चाहेको उनको आरोप छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार