Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रेणु दाहालप्रति एमालेका भरतपुर महानगरका मेयर उम्मेदवारको कटाक्ष– शिलान्यास गरेर पूरा गरेको परियोजा एउटै छैन


    आइतबार, बैशाख २५ २०७९
    850
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले भरतपुरको मेयर बनेपछि रेणु दाहालले एउटै परियोजनालाई पूर्णता दिन नसकेको आरोप लगाएका छन् । 

    भरतपुरमा आइतबार आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै उनले भरतपुरको व्यवस्थित विकास गर्नबाट दाहाल चुकेको समेत बताए ।

    ‘भरतपुरमा व्यवस्थीत विकासको सुरुवात भएन । महानगर प्रमुख (रेणु दाहाल)ले आफैले शिलान्यास गरेर पुरा गरेको परियोजना एउटा पनि छैन । केही परियोजना शिलान्यास भएको छ तर व्यवस्थित छैन,’ सुवेदीले भने ।

    भरतपुर क्षेत्रमा एकसाथ विकास गर्नुपर्ने उनले बताउ । बसोबास बढ्दै जाँदा भरतपुर टुक्रिदै गएकोमा उनले चिन्ता व्यक्त गरे । व्यवस्थित योजना बिना विकास अघि बढाउँदा भोलीका दिनमा काठमाडौंले भोगेको नियती भरतपुरले भोग्नुपर्ने उनले जनाए । 

    ‘अब हामीले ५० वर्ष पछिको सोचेर भरतपुरको व्यवस्थित विकास गर्नुपर्छ । भरतपुरलाई सुरक्षित सहर बनाउनु पर्छ । नेपालको नमुना सहर बनाउन सकिन्छ,’ उनले भने । 

    आफूले जिते भरतपुरवासीले गौरव गर्न लायक भरतपुर बनाउने दाबी उनले गरे । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार