Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • केपी ओली ढिलोगरी चितवनमा, ५०० मोटरसाइकलमा स्कर्टिङ गरेर कार्यक्रमस्थल पुर्‍याइँदै


    आइतबार, बैशाख २५ २०७९
    880
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज चुनावी दौडाहमा छन् । आज बिहान काठमाडौंमा पत्रकार सम्मेलन सकाएर उनी रूपन्देहीमा आयोजित चुनावी सभामा सहभागी हुन पुगे ।

    निर्धारित कार्यक्रमभन्दा निकै ढिलोगरी कार्यक्रममा पुगेका ओली यतिबेला चितवनको सभाका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । 

    उनी रूपन्देहीको बुटवलबाट चितवनतर्फ लागेका हुन् । ओलीलाई लिनको लागि चितवनको कालिकाबाट पाँच सय मोटरसाइकलसहित युवाहरूको टोली भरतपुर विमानस्थल प्रस्थान गरेको छ ।  

    भरतपुर विमानस्थलबाट स्कर्टिङ गरेर अध्यक्ष ओलीलाई कार्यक्रमस्थल नारायणगढको क्याम्पाचौरसम्म ल्याइनेछ । त्यसका लागि युवा संघका कार्यकर्ताहरू त्यसतर्फ प्रस्थान गरेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार