बुटवल । एमाले अध्यक्ष केपी ओलीले २१औं शताब्दीको जनता कसैको धम्कीबाट नतर्सिने बताएका छन्।
बुटवलमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सत्तारुढ गठबन्धन चुनाव हार्ने डरले धाकधम्कीमा उत्रिएको भन्दै जनता कसैको धम्कीसँग नडराउने बताए।
सत्ता गठबन्धन केवल सत्ता स्वार्थका लागि मात्र भएको ओलीको दाबी छ। जनतालाई थर्काएर र धम्काएर भोट नमाग्न गठबन्धनका नेतालाई आग्रह गर्दै भयरहित वातावरणमा निर्वाचन गर्नुपर्नेउनले बताए । एमाले युवादेखि वृद्धसम्म र किसानदेखि मजदुरसम्मको हित चिताउने पार्टी भएकाले कुनै अलमलमा नपरी एमालेलाई मतदान गर्न उनले आग्रह गरे । कांग्रेस नेतृत्वको सरकारले विकास निर्माणका कुनै आयोजना अघि नबढाएको बरु विगतमा ४२ वटा उद्योग बेचेर खाएको ओलीले बताए। अघिल्लो सरकारले सुकुम्बासीलाई लालपुर्जा वितरण गर्न थाल्दा परमादेशबाट सरकार ढालेर भूमिहीन आयोग खारेज गरेको ओलीले आरोप लगाए ।
उनले देशभरका स्थानीय तहमा एमालेको विजय मात्र नभई दिग्विजय भएको बताए । ओलीले अहिले १० वटा स्याल एकातिर र एउटा शेर अर्कोतिर रहेको भन्दै एउटै शेरेले १० वटा स्यालको सिकार गर्ने बताए । पाँचदलीय गठबन्धन छ भन्ने कुराको जनताले मतलबै नराखेको ओलीले बताए ।
एमालेले चुनाव हारे जनताले पाउने सेवा रोकिने र विकासका योजना पनि रोकिने भएकाले एमालेको विजय अपरिहार्य रहेको उनको भनाइ छ । भैरहवा, पोखरालगायतका अन्तर्राष्ट्रिय विमानस्थल एमालेकै नेतृत्वमा बनेका, वर्षौसम्म रहेका तुइन एमाले नेतृत्वको सरकारले नै विस्थापन गरेको उनले दाबी गरे ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend