चितवन । नेकपा एमालेका उपाध्यष सुरेन्द्र पाण्डेले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको प्रेम केही दिनमै टुट्ने बताएका छन् ।
चितवनको भरतपुरमा एमालेले आइतबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले उनीहरुको प्रेम नक्कली भएको दाबी गरे ।
‘शेरबहादुर देउवाजी यो प्रेम ज्यादै छोटो र कमजोर प्रेम छ भन्ने कुरा जान्न धेरै पर जानुपर्दैन,’ पाण्डेले भने, ‘यो नक्कली र चाउरे पिरती धेरै दिन चल्नेवाला छैन, केही दिनमै टुट्ने छ ।’
प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले केही दिन कांग्रेसका उम्मेदवारले हारेको स्थानमा बजेट नदिने भनि दिएको अभिव्यक्ति प्रति उनले आपत्ति समेत जनाए ।
‘प्रधानमन्त्री पत्नीले हामीले हारेको ठाउँमा बजेट दिँदैनौं भन्नु भएछ । क्याबात् । आज पनि राणा शासन गएनछ भन्ने उहाँलाई लागेछ । यो राणा शासन होइन, लोकतान्त्रिक युग हो,’ एमाले नेता पाण्डेले भने ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend