Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देउवा भन्छन्- ओलीले जिते भोलि नै संसद भंग गरिदिनसक्छन्, त्यसैले गठबन्धनले जित्न आवश्यक छ


    आइतबार, बैशाख २५ २०७९
    815
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जसरी पनि गठबन्धनले जित्न आवश्यक रहेकाे बताएका छन् ।

    आइतबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका देउवाले ओलीले जिते संसद भंग हुनसक्ने बताउँदै स्थायित्व स्थिरताका लागि जसरी पनि गठबन्धनले जित्नु पर्ने बताएका हुन् ।

    उनले भने, ‘गठबन्धन बन्नु अगाडि कस्तो अवस्था थियो ? आज कांग्रेसको नेतृत्वमा सरकार छ, सबै पार्टी सहभागी भएका छन् । त्यसकारण कांग्रेसका साथीहरुबाट गठबन्धनलाई शंका उपशंका गर्ने काम गर्नु हुँदैन ।’

    ओली स्वयं र उनले नेतृत्व गरेको पार्टी प्रजातन्त्र, गणतन्त्रको खिलापमा रहेको उनले बताए । देउवाले भने, ‘स्थायित्व स्थिरताका लागि गठबन्धनलाई जिताउनु पर्छ । ओलीले जित्यो भने संसद भोलि नै भंग गरिदिनसक्छ ।’ 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार